स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] ले आफ्नाे दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण दिने भएकाे छ । साउन ४ र ५ गते काठमाडाैँमा पार्टीकाे स्कूल विभागद्वारा आयाेजित कार्यक्रममार्फत् एकीकृत समाजवादीले आफ्नाे दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिनेछ ।

पार्टीले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षसँगै वडाअध्यक्षहरू र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरूलाई समेत निम्त्याएकाे छ ।

पार्टीका उपमहासचिव एवम् कार्यालयका सचिव डा. गंगाराम तुलाधारकाअनुसार प्रशिक्षण बानेश्वरकाे अर्पण बैंक्वेटमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *