प्रस्तावित नागरिकता विधेयक पारित हुँदा ११ लाखले नागरिकता पाउने : अध्ययन

काठमाडाैँ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता एन संशोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ ।

महिला कानुन विकास मञ्च (एफडब्लूएलडी) काे अध्ययनले नागरिकता विधेयक पारित भएसँगै ११ लाख जनाले नागरिकता पाउने निष्कर्ष निकालेकाे हाे । एफडब्लूएलडीका कार्यकारी निर्देशक सविना श्रेष्ठका अनुसार एफडब्लूएलडीले आएको नागरिकता विधेयकका प्रावधान र नागरिकता विहीनहरूको समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकता विहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको छ ।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानहरूमध्ये ५ लाख बढी नागरिकता लिन योग्य रहेको तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको अध्ययनमा छ । आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजार बढी रहेको पनि एफडब्लूएलडीको तथ्यांक छ ।

यी दुवै समस्या समाधान गर्ने गरी विधेयक आएको छ । जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ । ‘सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गरे थप ११ लाख नागरिकले मताधिकार प्रयोग गर्न सक्छन्’, एफडब्लूएलडीका कार्यकारी निर्देशक श्रेष्ठले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *