माधवकाे दाबी- गठबन्धनकाे भर नपरी आफैँले उम्मेदवार खडा गरेकाे पालिकामा दुईतिहाइ जित्याैँ (भिडिओसहित)
२०७९ असार २६ गते

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का अध्यक्ष माधवकुमार नपालले गठबन्धनले आफ्नाे दललाई खासरूपमा फाइदा नगरेकाे दाेहाेर्याएका छन् । शनिवार सङ्घीय राजधानीमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उलने भने, ‘हामी आफैँले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरू खडा गरेकाे ठाउँमा झन्डै दुईतिहाइ जितेकाे अहिल्यै उदाहरण हाम्राेसामु छ ।’
उनले गठबन्धनका घटकहरूले ‘गठबन्धनकाे गीत’ मात्रै गाएकाे तर उत्तरदायित्व भने नपुर्याएकाे पनि बताएका छन् । उनले भने, ‘विगतमा भएका घटनाहरूबाट शिक्षा लिनुपर्छ । गठबन्धनकाे गीत मात्रै गाएर अनि आफूले केही पनि नगरेर, अरुले जित्न देलान् भनेर, गठबन्धनले भन्याे भने उठ्छु गठबन्धनले समर्थन गरेन भने साताे जाने; यस्ताे हुनुहुँदैन ।’
सधैँ आफ्नै बलबुतामा लड्न तयार रहनुपर्ने अध्यक्ष नेपालकाे भनाइ थियाे ।
२०७९ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








