रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन भेला सकियाे

चितवन । रवि लामिछानेको नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन भेला शनिबार सम्पन्न भएको छ। भेलापछि लामिछानेले पत्रकार सम्मेलन गरी पार्टीको विधान र चिनारी सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा पार्टीका सभापति लामिछानेले  चितवनका जनताले परिकल्पना गरेअनुसार देश बनाउन सम्भव भएको बताए । उनले भने, ‘चितवनका विज्ञसँग देश बनाउनको लागि सुझाव संकलन गरेका छौँ, देश बनाउन धेरै गर्न सकिन्छ, त्यो भिजन राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ ।’

भरतपुर महानगरपालिका १० हाकिमचोकस्थित चितवन मिट टाउन रिसोर्टमा भएको जिल्ला भेलामा चितवनका सातै पालिकाबाट कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

पार्टी सभापति लामिछानेले आफू अन्यायमा पर्दा र सञ्चारकर्मी हुँदा चितवनले आफूलाई धेरै गुण लगाएको भन्दै  पहिलो जिल्ला भेला चितवनमा गरेको बताए । भेलामा वडा तहदेखि पालिका कमिटी गठन  तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।

लामिछानेले आगामी चुनावमा चितवनबाटै उठ्ने भन्ने विषयका बारेमा अहिले केही नसोचेको बताए । उनले भने, ‘पार्टीले देशभरबाट चुनाव लड्छ, एकल निर्णय कसैको पनि हुँदैन । म कहाँबाट उठ्ने भन्ने कुरा पार्टीको निर्णय भएपछि मात्रै टुङ्गो लाग्छ । अहिले तत्काल हामी त्यो चरणमा पुगिसकेका छैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 4 =