एमालेसँग एकताको च्याप्टर खुलेको छैन : अध्यक्ष नेपाल
२०७९ असार २५ गते

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग तत्काल एकता हुन नसक्ने बताएका छन् ।
बुटवलमा पत्रकारहरूसँग बाेल्दै उनले एमालेसँग एकताकाे च्याप्टर नखुलेको बताइका हुन् ।
अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र)सँगको एकता गर्ने र प्रधानमन्त्री बनाउने भन्ने विषयमा पनि सत्यता नभएको स्पष्ट गरे ।
कम्युनिष्ट पार्टीले नै राष्ट्रको निकास दिनसक्छ भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहेको भए पनि आफूले पद र प्रतिष्ठाको लागिमात्र पार्टी एकता नगर्ने उनको भनाइ छ ।
पछिल्लो समय तत्कालीन नेकपालाई ब्यूताउँनेबारे छलफल भइरहेको भन्दै उहाँले त्यसबाट कांग्रेस तर्सनुनपर्ने बताए ।
२०७९ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








