आधुनिक जापानको त्रासदीपूर्ण घटनाले विश्वलाई सुरक्षा चुनौती थप्यो : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत गोली प्रहार गरी हत्या गरिएको खबरबाट आफू स्तब्ध भएको बताएका हुन् ।

उनी नेपाली जनताका पथप्रदर्शकसमेत रहेको अध्यक्ष नेपालको भनाई छ । ‘मित्रराष्ट्र जापानका पूर्व प्रधानमन्त्री एवम् मेरा मित्र महामहिम सिञ्जो आबेमाथि चुनावी अभियानका क्रममा गोली प्रहार गरी हत्या गरिएको खबरबाट स्तब्ध भएको छु,’ उनले भनेका छन्, ‘जापानी जनताबीच लोकप्रिय नेता, अर्थशास्त्र र विकासका ज्ञाता, एसियाली तथा नेपाली जनताका पथप्रदर्शक एवम् परम मित्र आवे प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन सहित जापानी जनतामा गहिरो समवेदना प्रकट गर्दछु ।’

अध्यक्ष नेपालले आधुनिक जापानमा भएको त्रासदीपूर्ण घटनाले सम्पूर्ण विश्वलाई सुरक्षा चुनौती थपेको बताए । ‘यस प्रकारको त्रासदीपूर्ण घटनाले सम्पूर्ण विश्वलाई सुरक्षा चुनौती थपेको छ,’ उनले अगाडि भनेका छन्, ‘घटनाको गहिराइमा पुगी सत्य तथ्य छानबिन गर्दै दोषीलाई कारबाही गर्न र यस प्रकारका घटना अब कहीँ कतै नघट्ने गरी विश्वलाई सुरक्षित गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =