श्रद्धाञ्जली दिँदै प्रचण्डले भने- शिन्जो आबे एसियाकाे प्रेरणादायी नेता थिए
२०७९ असार २४ गते

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिन्जाे आबे एसियाकै प्रेरणादायी नेता रहेकाे बताएका छन् । शुक्रबार बिहान गाेली प्रहारबाट मृत्यु भएका आबेलाई श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बिहान बन्दुकको गोली प्रहारबाट भएको कायरतापूर्ण आक्रमणबाट भएको आकस्मिक निधनले म गहिरो स्तब्ध भएको छु । उहाँ अर्थशास्त्र र सुरक्षा क्षेत्रको रूपान्तरणमा नयाँ दृष्टिकोणका साथ एसियाली महादेशका प्रेरणादायी नेता हुनुहुन्थ्याे ।
उनले आबे आफ्नाे नजिककाे साथी रहेकाे पनि बताएका छन् । उनले भनेका छन्, ‘यस घडीमा उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोकसन्तप्त परिवारजन र मित्रजन जापानी जनतामा गहिरो समवेदना व्यक्त गर्दछु ।’
२०७९ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








