प्रचण्ड-माधवले कांग्रेससँग मिलेर ‘वाम एकता’काे ढाेकाकाे चुकुल लगाउनुभयाे : विष्णु रिजाल (भिडिओवार्ता)

काठमाडाैँ । नेकपा [एमाले] का केन्द्रीय सदस्य विष्णु रिजाल निवर्तमान अर्थमन्त्री शर्मा ‘प्रभाकर’ माथि संसदीय मात्रै नभइ न्यायिक छानबिन नै हुनुपर्ने बताउँछन् । त्यसले स्वयम् शर्मालाई नै पनि राम्राे गर्ने उनकाे भनाइ छ । ‘उहाँ निर्दाेष हुनुहुन्छ र हामीले लगाएकाे आराेप पुष्टि भएन भने त उहाँकाे राजनीतिक जीवनभरकाे राजनीति झन् सहज बन्ला नि,’ उनी भन्छन् ।

सर्वाेच्च अदालतकाे अवकाशप्राप्त न्यायाधीशकाे नेतृत्वमा न्यायिक जाँचबुझ आयाेग बनाएर जाँदा सबै कुराकाे छिनाेफानाे हुने र आराेपी र आराेपित पक्षबीच कुनै पनि खालकाे मनमुटावकाे स्थिति सिर्जना नहुने उल्लेख गर्दै उनले भनेका छन्— ‘उक्त समितिले सत्यतथ्यपूर्वक त्यहाँ भएका कामहरूकाे विश्लेषण गराेस्, हेराेस् । संलग्न सबैमाथि छानबिन हाेस् । दुधकाे दुध, पानीकाे पानी छुटा‌ओस् । हामीले भनेकाे कुरा उहाँले प्रतिवाद गर्नुभएकाे छ, सत्य हाेइन भन्नुभएकाे छ । याे कुरा पुष्टि भयाे भने त भाेलि उहाँलाई नै सजिलाे हुन्छ । हाेइन भने याे दाग त जनार्दन शर्माकाे जीवनबाट कहिल्यै पनि मेटिँदैन ।’

नेपालकाे बजेटकाे प्रसङ्ग उठ्नेबित्तिक्कै यही कुराकाे स्मरण हुने बताउँदै उनी थप्छन्— ‘बजेटकाे कुरा आउनेबित्तिकै जनार्दन शर्माले जस्तै कसैले कसैलाई ठेक्का नदेओस् है भन्ने कुरा त उठिरहन्छ नि । यसका लागि पनि माओवादी पार्टीले पनि अगुवाइ गराेस् । पार्टी खुम्चिँदै-खुम्चिँदै जहाँ पुगेपनि उसँग जुन लिगेसी छ त्यसकै लागि भएपनि माओवादी पार्टीले नै अगुवाइ लिँदा पनि हुन्छ ।’

‘अन्तर्घात हुँदा स्थानीय तहमा ८८ सिट गुमायाैँ’

रिजाल पार्टीभित्रै अन्तर्घात हुँदा एमालेले स्थानीय तह सदस्य निर्वाचन- २०७९ मा ८८ सिट गुमाएकाे दाबी गर्छन् । अरु कारण नभइ असन्तुष्ट नेता/कार्यकर्ताहरूबाट अन्तर्घात हुँदा एमालेले ८८ सिट गुमाएकाे उनकाे भनाइ छ । ‘यसपटककाे निर्वाचनमा हामीले एउटा नराम्राे पक्षलाई पनि पनि भाेग्याैँ । एमाले एउटा जनवादी केन्द्रीयतालाई मान्ने अनुशासित पार्टी हाे र हामीमा पार्टीकाे निर्णयलाई मानेर अगाडि बढ्ने प्रवृत्ति थियाे । तर यसपटक त्यसाे भएन । त्यसमा हामीले साथी/कमरेडहरूकाे असन्तुष्टिलाई बेलैमा सम्बाेधन गर्न सकेनाैँ कि टिकट बाँड्दा समेट्न सकेनाैँ किन के के भयाे; साथीहरूले अन्तर्घात गर्नुभयाे भन्ने हामीलाई लागेकाे छ । यसले हामीले ८८ सिट गुमाउनुपर्‍याे,’ उनले भनेका छन् ।

त्यसाे त एमालेले अन्तर्घात गर्नेलाई कारबाही गर्ने भन्दै ३ सदस्यीय उच्चस्तरीय छानबिन आयाेग बनाएकाे छ । पार्टीका उपाध्यक्ष विष्णु पाैडेलकाे नेतृत्वमा बनेकाे समितिमा सदस्यका रूपमा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल र सङ्गठन प्रमुख खगराज अधिकारी छन् । साे समितिले अन्तर्घात गर्नेहरूकाे बारेमा विश्लेषण गर्दै निष्कर्ष निकालेर कारबाही गर्ने रिजाल बताउँछन् । ‘हामीले अन्तर्घातीहरूलाई कारबाही गर्नेछाैँ । पार्टीले त्याे निर्णय गरिसकेकाे छ,’ उनले भनेका छन् ।

उनी पार्टी विभाजनले खासरूपमा असर नगरेकाे दाबी गर्छन् । माधवकुमार नेपाल-झलनाथ खनालले पार्टी विभाजनकाे औचित्य पुष्टि गर्न नसकेकाे र एमालेले पार्टी विभाजनकाे मनाेविज्ञानलाई राम्राेसँग चिरेकाे सुनाउँदै उनले भने, ‘तर उहाँहरूले बल्ल-बल्ल २० सिट जित्नुभयाे । उहाँहरू गएर एमाले केही भएन भन्ने त भयाे । अब एमालेभित्र विभाजनकाे कुरा पनि आउँदैन/उठ्दैन । उहाँहरू पार्टीमा नहुँदा पनि हामीले लाेकप्रिय मत ल्यायाैँ । ३८ लाख पूरापूरी मत ल्यायाैँ । याे हाम्राे पार्टी जीवनकाे महत्त्वपूर्ण सम्पत्ति हाे ।’

‘प्रचण्ड-माधवले वाम एकताकाे चुकुल लगाउनुभयाे’

रिजाल सत्ता साझेदार दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले वाम एकताकाे ढाेकाकाे चुकुल लगाएकाे बताउँछन् । कांग्रेससँग मिलेर वाम एकताकाे ढाेकाकाे चुकुल लगाएकाे उल्लेख गर्दै उनले भने, ‘एमाले अहिले पनि सबैकाे पार्टी हाे, माउ पार्टी हाे । यसाे हुँदा नेकपा एमालेले वाम एकतालाई अस्वीकार गर्दैन । एमाले सधैँ तत्पर छ । तर अहिलेकाे अवस्था हेरियाे भनेचाहिँ त्याे बिलकुल असम्भव छ । किनकी कमरेड प्रचण्ड र माधव नेपालले वाम एकताकाे ढाेकाकाे चुकुल भित्रैबाट लगाइदिनुभएकाे छ ।’

कांग्रेससँगकाे साझेदारी ताेडेर आएकाे खण्डमा एकताका लागि वार्ता गर्न सकिने रिजालकाे भनाइ छ । ‘कांग्रेस जसले आफैँलाई कहिलेकाहीँ बुर्जुवा, यथास्थितिवादी र प्रतिक्रान्तिकारीसमेत भन्छ, उसलाई प्रचण्ड कमरेड र माधव नेपालले नेतृत्व मान्नुभएकाे छ, कांग्रेसकाे नेतृत्वमा रहन पाउँदा खुसी हुनुहुन्छ । कसरीचाहिँ हामीबीचमा वाम एकता हुन्छ ?,’ उनी प्रतिप्रश्न गर्छन् ।

वामपन्थी एकताका लागि त्यसअघि वामपन्थमा आउनुपर्ने/हिँड्नुपर्ने बताउँछन् रिजाल, भन्छन्— ‘वाम एकताका लागि एमाले सधैँ तयार हाे । तर उहाँहरूचाहिँ याे अहिलेकाे जुन दलदल हाे त्यसबाट बाहिर निस्कनुपर्छ, वामपन्थतिर आउनुपर्छ ।’

अहिलेकाे अवस्थामा प्रचण्ड-माधवहरूले कांग्रेसकाे नेतृत्वमा सरकारमा बस्न पाउँदा गर्व गरिरहेकाे रिजाल सुनाउँछन् । ‘कासी जान कुतिकाे बाटाे हिँड्न हुँदैन, वामपन्थी हुन वामपन्थमै हिँड्नुपर्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *