धुनिवेशी नगरपालिकाले आयोजना गरेको वक्तृता प्रतियोगितामा सृष्टि प्रथम

काठमाडाैँ । धुनिवेशी नगरपालिकाकाे शिक्षा शाखाले आयोजना गरेकाे वक्तृता प्रतियाेगितामा सृष्टि तामाङ प्रथम भएकी छन् ।

‘बालमैत्री विद्यालय बनाउन स्थानीय तहकाे भूमिका’ शीर्षकमा शिक्षा शाखाद्वारा शुक्रवार आयोजना गरिएकाे प्रतियाेगितामा महादेवस्थान मावि धुनिवेशी कुमाइखाेलामा अध्ययनरत सृष्टिले प्रथम स्थान हासिल गरेकी हुन् ।

सृष्टिले २ हजार नगद तथा शिल्ड प्राप्त गरेकी छन् ।

त्यस्तै, प्रतियाेगितामा भुवनेश्वर मावि, पुरानाे धार्केले द्वितीय स्थान हासिल गरेकाे छ भने बुद्ध भिजन एकेडेमी, टायलघरले तृतीय स्थान हासिल गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *