थप ९८ जनामा कोरोना संक्रमण, ५६४ आइसाेलेसनमा

काठमाडौँ । नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६१ पिसिआर परीक्षणका क्रममा ८३ जना र १ हजार ९३ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय २५ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =