नागरिकता वितरणमा कडाइ गराैँ, बसकाे टिकटजसरी नबाडाैँ : सांसद सुवाल
२०७९ असार २४ गते

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता वितरणमा कडाइ गर्नुपर्ने बताएका छन् ।
सरकारले विचाराधीन नागरिकता विधेयक फिर्ता लिएपछि शुक्रबारको संसद बैठकमा बोल्दै सुवालले बस र सिनेमाकाे टिकटजसरी नागरिकता बाँड्न नहुने बताएका हुन् ।
उनले भने, ‘नागरिकता बसको टिकट र सिनेमाको टिकट जसरी बाँड्ने होइन । हामीले खुला सिमाना पनि बन्द गर्नैपर्छ । नेपाली सेनाले पनि खुला सीमा बन्द गरौँ भनेको छ। यो नेपाली जनताले पनि उठाएको विषय हो।’
त्यस्तै, उनले वंशजका आधारमा मात्रै नागरिकता दिनुपर्नेमा जोड दिए । ‘वंशज आमाबुवाका छोरा छोरीलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ’, उनले भने, ‘नागरिकता संघ र प्रदेशको पनि बनाऊँ । प्रदेशको मात्रै लिने पनि होलान् । त्यसैगरी चिकित्सा विज्ञानले प्रमाणित नगरेसम्म पुरुष र महिलाबाहेक अर्को लिङ्गको नागरिकता पनि नदिऊँ ।’
२०७९ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








