जापानका पूर्वप्रधानमन्त्रीको निधनमा भारतमा राष्ट्रिय शोक

काठमाडाैँ । भारतले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनमा शनिबार राष्ट्रिय शोककाे घाेषणा गरेकाे छ ।

भारतले दिवंगत आवेको सम्मानमा राष्ट्रिय शोक मनाउन लागेको हो । भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आवेको उच्च सम्मान गर्दै राष्ट्रिय शोक मनाउने बताएका हुन् । आवेले जापान र भारतबीचको राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेलेकाे स्मरण गर्दै माेदीले राष्ट्रिय शाेककाे घाेषणा गरेका हुन् ।

जापानको स्थानीय नारा सहरकाे चुनावी सभालाई सम्बाेधन गर्ने क्रममा आवेमाथि गाेली प्रहार भएकाे थियाे ।

गाेली प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार दिउँसो निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =