ओलीकाे टिप्पणी- याे सरकार अविलम्ब हट्नुपर्छ, नहटे जनताले टिपेर मिल्काउनुपर्छ

काठमाडाैँ । नेकपा [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ‘नराम्राेहरूकाे थुप्राे’ भएकाे बताएका छन् । ‘याे सरकार कामै नलाग्ने भयाे । नालायक, बेकामे, भ्रष्ट र अनैतिक भयाे,’ उनले भनेका छन्, ‘याे सरकार अविलम्ब हट्नुपर्छ । नहटे जनताले टिपेर मिल्काउनुपर्ने हुनसक्छ ।’

ओलीले सरकारले पनि अतिभन्दा पनि अति गरेकाे बताए । ‘मैले अस्ति संसद्‌मा पनि भनेकाे थिएँ,’ उनले भने, ‘अतिभन्दा पनि अति नाघ्याे । याे सरकारलाई सरकारमा एकछिन पनि बस्न मिल्दैन ।’

उनले सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कठाेर आलाेचना गरेका छन् । ‘प्रचण्डपथ भनेकाे देशलाई जनतालाई भड्खालाेमा हाल्ने पथ हाे । प्रचण्ड नै त्यस्तै हुन्,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =