गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेकाे निधन

काठमाडाैँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधन भएकाे छ । बिहान गाेली लागेका उनकाे दिउँसाे उपचारका क्रममा निधन भएकाे हाे । चुनावी अभियानअन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियाे ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोश भएका उनको उपचारकै क्रममा मृत्यु भएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *