आफ्ना लागि किनिएकाे सरकारी गाडी बेचेर रोलर किन्दै हर्कराज राई

काठमाडाैँ । धरान उपमहानगरपालिका मेयर हर्कराज राईले आफ्ना लागि किनिएकाे गाडी बेचेर रोलर किन्ने भएका छन् । बाटोका खाल्डाखुल्डी पुर्न रोलर किन्ने निर्णय भएको उनले बताएका छन् । ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरीका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदनसमेत गरिदेको छ,’ उलने भनेका छन् ।

उक्त निर्णय बिहीबारको कार्यपालिकाले बैठकबाट पारितसमेत गरिसकेकाे छ । मेयरकाे उम्मेदवारी दिँदै गर्दा उनले आफूले सरकारी गाडी नचढ्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *