इंग्ल्यान्डमाथि भारतको सानदार जित
२०७९ असार २४ गते

काठमाडाैँ । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङल्याण्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।
जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इङल्याण्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इङल्याण्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । भारतका हार्दिक पाण्डेयले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान गरे ।
इङल्याण्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए । अब, दोस्रो खेल शनिबार हुनेछ ।
२०७९ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








