बुढीगंगामा मतदान : गणना शुरु गर्न सर्वदलीय बैठक

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना शुरु गर्न सर्वदलीय बैठक बस्दैछ । नगरपालिकामा स्थानीय तहको पुनः मतदान बिहीबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।

१० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य सकिएपछि गणना शुरु गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो । राति नै गणना शुरु गर्ने भनिएपनि भौगोलिक विकटता र प्रतिनिधिहरू थालेका कारण आज मात्रै गणना शुरु गर्ने सहमति भएको थियो ।

बिहान सर्वदलीय बैठक गर्ने की खाना खाएर गर्ने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन । ‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,’ मुख्य निर्वाचन अधिकृत माधव घिमिरेले भने, ‘राती नै गणना शुरु गर्ने कुरा थियो तर, दलका प्रतिनिधिहरू थालेकाले आज बिहानदेखि गर्ने कुरो छ । समयको टुङ्गो लागिसकेको छैन ।

गत वैशाख ३० मा स्थानीय चुनाव भएपनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । कांग्रेसबाट बुढीगंगाको मेयरमा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ तथा उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *