विवादमा फसेपछि बेलायती प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडाैँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् ।

विवादमा फसेपछि उनले केहीबेरअघि राजीनामा दिएका हुन् । प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै जाेनसनले राजीनामा दिएकाे राेयटर्सले जनाएको छ ।

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनले राजीनामा दिएका हुन् ।

सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए।

जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ।

सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा बहुमत ल्याएको थियो। ६५० सिटमध्ये ३६५ सिट कन्जरभेटिभ पार्टीले जितेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्छ।

पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको विराेध सुरु भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =