माओवादी वरिष्ठ उपाध्यक्षमा नारायणकाजी !

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र]काे वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बन्ने पक्कापक्कीजस्तै भएकाे छ । यसकाे संकेत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चालू केन्द्रीय समिति बैठकमा गरेका छन् । प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यामा त नारायणकाजीको विकल्प को छ र ? खगराजजीले पढ्नुहुन्छ, मात्रिकाजीले विरोध गरिहाल्नुहुन्छ ।’

पाेलिटब्यूराे र स्थायी समितिमा रहने नेताहरूकाे नाम पढेपछि प्रचण्डले पदाधिकारीबारे बाेलेका थिए । त्यसक्रममा उनले त्यस्ताे बताएका हुन् ।

उनले पदाधिकारीकाे सन्दर्भमा गृहकार्य नपुगेकाेसमेत बताएका छन् । ‘प्लिज केही दिन रहन दिनुस् पदाधिकारी, त्यहाँ गृहकार्य पुगेन । २/४ दिनपछि टुङ्ग्याउनुपर्छ,’ उनले भनेका छन्, ‘म सबैकाे अनुहार उज्यालाे हुनेगरी नाम वाचन गर्छु ।’

माओवादीले १५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउँदैछ । माओवादी विधानअनुसार १ अध्यक्ष, वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था छ । आकांक्षी धेरै भएपछि उपाध्यक्ष सङ्ख्या अझै बढ्न सक्ने नेताहरूकाे भनाइ छ ।

माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजीसँगै मातृकाप्रसाद यादवलगायतका नेताहरू आकांक्षी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *