कर्जा निक्षेप अनुपात ९५ प्रतिशत कायम गर्न सिविफिनकाे सुझाव

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९५ प्रतिशत कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

बिहीबार काठमाडौँमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा राष्ट्र बैंकलाई दिएको सुझावका बारेमा पत्रकार सम्मेलन गर्दै परिसंघले मौजुदा सिडी रेसियोलाई ९५ प्रतिशत कायम गरी उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने जनाएको हो ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले आर्जन गरेको मुनाफा वितरणको निर्क्याैल गर्ने अधिकार पूर्ण व्यवस्था अनुरूपले सम्बन्धित संस्थाहरूलाई नै दिनुपर्ने परिसंघको सुझाव छ ।

स्थानीय निकायको रकमलाई शतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने परिसंघले जनाएको छ ।

अनावश्यक र विलासीताका वस्तुहरूको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवर्द्धन गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने व्यवस्था हुनुपर्ने परिसंघका अध्यक्ष पवन गोल्यानले बताए ।

उनले अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रवाह हुने ऋणभन्दा उत्पादनजन्य उद्योगहरूमा प्रवाह हुने ऋणको ब्याजदरमा ४ प्रतिशत कम गरी उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गर्नु पर्ने बताए । उनले उत्पादनमूलक क्षेत्रलाई ऋण प्रवाहमा सहुलियत नदिँदा आयात बढ्न सक्ने भएकाले यसप्रति राष्ट्र बैंकको ध्यान जानुपर्ने बताए ।

बैंक तथा बितिए संस्थाहरू पैसा कमाउन मात्रै नभई मुलुकको आर्थिक विकासका लागि पनि योगदान हुनुपर्ने उनको भनाई छ ।

परिसंघले विप्रेषण आप्रवाहमा विशेष व्यवस्थापन गर्ने विप्रेषणको निश्चित हिस्सालाई बचत गर्न आकर्षित योजना ल्याउन पनि सुझाव दिएको छ ।

अति आवश्यक कृषिजन्य कच्चापदार्थ बाहेक अन्य कृषिजन्य वस्तु तथा सामाग्रीको आयातमा रोक, फजुल खर्च र अनावश्यक वस्तु तथा सेवाको प्रयोगलाई निरुत्साहित गर्दै बचत गर्न प्रोत्साहन गर्नुपर्ने लगायतका सुझाव पनि परिसंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *