अछामका एक वृद्ध भारतको पलियामा बेपत्ता

धनगढी । अछामका एक वृद्ध भारतको पलियामा बेपत्ता भएका छन् । अछामको मेल्लेख गाउँपालिका-१ का ७५ वर्षीय उज्जले बिष्ट भारतमा रहेका आफन्तकोमा जाने क्रममा पलियामा बेपत्ता भएका हुन् ।

पलियामा विसाब गर्न बाहिर गएका उनी आफू चढिरहेको गाडीमा नगई अन्यत्र गएपछि बेपत्ता भएका आफन्तले बताएका छन् । उनीहरूले वृद्धको खोजीकार्य गरिदिन प्रहरी समक्ष निवेदन पेश गरेका छन् ।

आफन्तले अछामस्थित ईलाका प्रहरी कार्यालय ठाटी खोजीका लागि निवेदन दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *