माओवादी केन्द्रीय समिति बैठक शुरू, पदाधिकारीकाे नाम प्रस्ताव गर्दै प्रचण्ड

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] काे केन्द्रीय समिति बैठक शुरू भएकाे छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरू भएकाे हाे । आजकाे बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूकाे नाम प्रस्ताव गर्ने कार्यसूची रहेकाे छ । केहीबेरमा उनले नाम प्रस्ताव गर्ने छन् ।

यसअघि मंगलबार र बुधबार बैठक स्थगित भएकाे थियाे । गत आइतबारबाट शुरू भएकाे बैठक २ दिन स्थगित भएर आज बसेकाे हाे । पदाधिकारी टुङ्ग्याएर आज बैठक सक्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =