अरिङ्गालले टोकेर बालकको मृत्यु
२०७९ असार २२ गते

सल्यान । सल्यानमा अरिङ्गालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका-४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङ्गालले टोकेको थियो ।
रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालक रानालाई धेरै वटा अरिङ्गालले एकै पटक टोकेका थिए ।
२०७९ असार २२ गते
प्रतिक्रिया








