अर्थमन्त्रीमाथिकाे छानबिन छिट्टै अघि बढ्ने संसदीय छानबिन समिति सदस्य कर्णकाे भनाइ
२०७९ असार २२ गते

काठमाडौँ । लोसपाका सांसद लक्ष्मणलाल कर्णले संसद्ले गठन गरेको छानबिन समितिले छिटै काम सुरु गर्ने बताएका छन् ।
संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै छानबिन समितिका सदस्य समेत रहेका कर्णले संसदीय छानबिन विशेष समितिको संयोजक तोकेर छिटै काम सुरु गर्ने र तोकिएको समयभित्रै प्रतिवेदन दिने बताएका हुन् ।
कर्णले संसदीय परम्परामा सबैभन्दा ठूलो समिति नै संसदीय समिति हुने भएकाले समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुने तर्क गरे ।
उनले छानबिन समिति बनाएपछि मन्त्रीलाई पदमा रहन नमिल्ने भएकाले राजीनामा आएको हुनसक्ने धारणा राखे ।
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








