संसदीय निर्वाचन गर्न १० अर्ब खर्च लाग्ने प्रक्षेपण

काठमाडौँ । संघ तथा प्रदेशकाे आम निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च लाग्ने प्रक्षेपण निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंसिर २ गते निर्वाचन गर्न सिफारिस गर्दै गरेकाे छलफलका क्रममा निर्वाचन सम्पन्न गर्न झण्डै १० अर्ब खर्च लाग्ने प्रक्षेपण गरेकाे हाे ।

आयोगले तलब भत्ता, दैनिक भत्ता लगायतका सुविधामा भएकाे वृद्धि मतदाताकाे संख्यामा भएकाे बढाेत्तरी तथा मतदात स्थल र मतदान केन्द्रमा भएकाे वृद्धिले चुनावी खर्च बढ्ने प्रक्षेपण गरेकाे हे ।

त्यस्तै, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रा स्फिति लगायतका कारणले पनि निर्वाचन खर्च बढ्ने प्रक्षेपण आयोगकाे छ ।

२०७४ सालमा भएकाे प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएकाे थियाे । अहिले साे खर्च बढेर १० अर्बसम्म पुग्ने अनुमान गरिएकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =