संसदबाट बाहिरिँदै शर्माले भने – छानबिनमा सहयोग गर्छु

काठमाडौँ । पदबाट राजीनामा दिएको घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्माले आफूले कुनै गल्ती नगरेको र छानबिनमा सहयोग गर्न राजीनामा दिएको बताएका छन् ।

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले बाहिर आएका विषयलाई छानबिन गरी छिटो सत्यतथ्य जनतामाझ ल्याउनुपर्ने बताए । उनले छानबिन समितिको रिपोर्ट आएपछि आफ्नो आत्मविश्वास प्रस्ट हुने तर्क गरे ।

बजेट निर्माण गर्दा आफूले स्थापित मूल्य मान्यअनुसार नै काम गरेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =