संघ र प्रदेशकाे निर्वाचन मंसिर २ मा गर्न सिफारिस

काठमाडाैँ । निर्वाचन निर्वाचन आयोगले मंसिर २ गते संघ तथा प्रदेशकाे निर्वाचन गर्न सरकारलाई सिफारिस गरेकाे छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै निर्वाचनकाे मिति सिफारिस गरेका हुन् ।

सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिद्बाट निर्वाचनकाे मितिबारे निर्णय गर्नुपर्ने समेत आयोगको सुझाव छ ।

प्रधानमन्त्रीसँगकाे भेटमा पदाधिकारीहरूले निर्वाचनको मिति घोषणालगायतका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =