अझै शुरू भएन संसद् बैठक

काठमाडाैँ । प्रतिनिधि सभा बैठक अझै शुरू हुन सकेकाे छैन । दिउँसाे २ बजे बस्ने भनिएकाे बैठक अझै शुरू हुन सकेकाे छैन । बिहान ११ बजे बस्ने भनिएकाे बैठक अबेरगरी सूचना जारी गर्दै सङ्घीय संसद् सचिवालयले २ बजे बस्ने भनेकाे थियाे । तर अझैसम्म बैठक शुरू हुन सकेकाे छैन ।

सभामुख अग्निप्रसाद सापकाेटाकाे अगुवाइमा अहिले बैठक बसिरहेकाे छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि उठिरहेकाे प्रश्नकाे निराकरणका सन्दर्भमा छलफल भइरहेकाे छ । छलफलका क्रममा अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएकाे छ । सहमति भएपनि समिति कति सदस्यीय हुने र कुन दललाई नेतृत्व दिने भन्नेबारे भने विवाद छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] ले समितिकाे नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेकाे छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूकाे सङ्ख्याका आधारमा समितिमा सदस्यहरू हुनुपर्ने र त्यसकाे जिम्मेवारी आफूले पाउनुपर्ने एमालेकाे अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =