दलहरूबीच अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
२०७९ असार २२ गते

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरूबीच संसदीय समिति गठनको सहमति जुटेकाे हाे ।
अर्थमन्त्री शर्माले करकाे दर निर्धारण गर्दा व्यापारिक घरानाका अनधिकृत व्यक्तिहरूकाे अनुकूलताअनुसार गरेकाे भन्दै उनकाे आलाेचना हुँदै आएकाे छ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] त सदनबाटै राजीनामा माग्दै आएकाे छ ।
एमालेले प्रतिनिधि सभाकाे उपस्थितिअुनसार समितिमा सदस्यहरू हुनुपर्ने माग गरेकाे छ । सँगै आफूले नेतृत्व पाउनुपर्ने पनि माग गरेकाे छ । त्यसमा सत्तारुढ तथा साझेदार दलहरू भने सहमति जनाइसकेका छैनन् ।
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








