अर्थमन्त्रीबारे छानबिन समिति बनाउन माओवादी तयार

काठमाडाैँ । अर्थमन्त्रीबारे संसदीय छानबिन समिति बनाउन माओवादी केन्द्र तयार भएको छ । छानबिन समिति बनाउन तयार भएर माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माको जवाफ संसद्‌मा सुनिदिन एमालेलाई आग्रह गरेको छ ।

एमालेले अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि छानबिन समिति बनाउन माग गर्दै आएकाे थियाे । यसअघि उसले संसद् अवरुद्ध गर्ने चेतावनीसमेत दिएकाे थियाे ।

आव २०७९/८० काे बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई करकाे दायरा निर्धारण गर्न दिएकाे भन्दै अर्थमन्त्री शर्माथि प्रश्न उठेकाे छ । सडकदेखि सदनसम्म उनकाे राजीनामा माग भइरहेकाे छ ।

शर्मा माओवादी केन्द्रकाे काेटाबाट असाेज २२ गते अर्थमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =