एमालेलाई माओवादीको आग्रह- ‘संसद्मा अर्थमन्त्रीको जवाफ सुनिदिनुस्’
२०७९ असार २२ गते

फाइल फाेटाे
काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माको जवाफ संसद्मा सुनिदिन आग्रह गरेको छ । माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेको हो ।
बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो । संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।
सो दिनको सिसिटिभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ । र संसदमा एमालेले अर्थमन्त्रीले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा बहिष्कार गर्दै आएको छ ।
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








