हलेसी तुवाचुङमा लोपोन्मुख तिलुङ भाषाकाे पठनपाठन शुरू

काठमाडाैँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाकाे पठनपाठन शुरू भएकाे छ । नगरपालिका ३ स्थित च्यास्मीटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा पठनपाठन शुरू भएकाे हाे ।

विद्यालयले चालू शैक्षिक सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठनपाठन गराएको नगरप्रमुख विमला राईले बताइन् । तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हाे । नगरप्रमुख राईकाअनुसार चालू शैक्षिक सत्रबाट च्यास्मीटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठनपाठन शुरू हुँदैछ ।

लोपोन्मुख तिलुङ भाषाको संरक्षण र संवर्द्धनका लागि तिलुङ भाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा त्यही विषयलाई ऐच्छिक विषयका रूपमा समावेश गरिएको हो । अहिलेसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको छ ।

नेपालकाे संविधान २०७२ काे धारा ३१ (५) ले प्रत्येक समुदायका सदस्यहरूले आफ्नाे मातृभाषामा शिक्षा ग्रहण गर्न पाउने अधिकारकाे प्रत्याभूत गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *