एक लाख ७० हजार घुससहित सबइन्जिनियर पक्राउ
२०७९ असार २२ गते

काठमाडाैँ । सहरी विकास तथा भवन कार्यालय पर्साका सबइन्जिनियर रुपेशकुमार दुबेलाई प्रहरीले घुस रकमसहित पक्राउ गरेको छ । सबइन्जिनियर दुबेलाई एक लाख ७० हजार घुस रकमसहित प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सबइन्जिनियर दुबेलाई सहरी विकास तथा भवन कार्यालयबाट घुस रकमसहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जनकारी दिए ।
उनका अनुसार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ मा सबडिभिजन वन कार्यालय बसन्तपुर र सब डिभिजन वन कार्यालय मानवामा वन कर्मचारीका लागि स्टाफ क्वाटर भवन निर्माण भएको छ । दुई ठाउँमा १०/१० लाख गरी बीस लाखमा निर्माण भएको स्टाफ क्वाटर भवनको अन्तिम भुक्तानी गर्न सबइन्जिनियर दुबेले सेवाग्राहीसँग १० प्रतिशत रकम कमिसन मागेका थिए । -नयाँ पत्रिकाबाट
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








