कांग्रेस पदाधिकारी बैठक सम्पन्न, भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल

काठमाडाैँ । नेपाली कांग्रेसकाे पदाधिकारी बैठक सम्पन्न भएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलवार बसेको बैठकले आगामी चुनावीका लागि रणनीति बनाउने तथा भ्रातृ र शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बसेको बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएको निवेदनमाथि छफलफ भएकाे कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए ।
प्रवक्ता महतका अनुसार भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि आएका निवेदनहरूमध्ये कसलाई मान्यता दिने, कसलाई नदिने भन्नेबारे पनि छलफल भएकाे छ । केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मर्ज गर्न विषयमा समेत कुरा भएको उनले बताए । नेपाली कांग्रेसका १३ भ्रातृ र १९ शुभेच्छुक संस्था छन् । यीमध्ये केहीलाई मर्ज गर्ने र थप केहीलाई मान्यता दिने विषयमा छलफल भएकाे हाे ।








