अर्थमन्त्री शर्माकाे बर्खास्तीकाे माग गर्दै युवा संघले गर्‍याे प्रदर्शन (तस्वीरसहित)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सिसिटिभी फुटेज गरेको आरोप लगाउँदै युवा संघले काठमाडौँको सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले सीसीटिभि फुटेज खाने अर्थपूर्ण मुसा, गठबन्धनको डेटिङमा, बजेट आयो सेटिङमा लगायत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

युवा संघ नेपालका किरण पौडेलले अर्थमन्त्रीलाई कारबाही स्वरूप बर्खास्त नै गर्नुपर्ने बताउनुभयो । उनले छानविन समिति बनाए अर्थमन्त्रीलाई नै चोख्याउने काम हुने भएकाले समितिको कुनै औचित्य नभएको धारणा राखे ।

युवा संघले अर्थमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =