माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न बैठक स्थगित गरिएको बताइएको छ ।

अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =