माओवादी केन्द्रीय समिति बैठकमा के-के भयो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले आगामी निर्वाचनमा गठबन्धनसँग मात्रै भर नपरेर पार्टीलाई पनि थप बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।

सोमबार काठमाडौँमा बसेको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने सदस्यहरूले यसअघिको स्थानीय निर्वाचनमा प्रभावकारी रूपमा तालमेल हुन नसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धन भन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका हुन् ।

गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको भन्दै उनीहरूले यस विषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने समेत बताएका छन् ।

बैठकको दोस्रो दिन ४१ जना सदस्यहरूले पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राखेको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए ।

उनले केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग समेत बैठकमा उठेको बताए । मंगलबार बस्ने बैठकमा प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पार्टी अध्यक्षले दिने उनको भनाई छ ।

बैठक मंगलबार ११ बजे पुन बस्ने र मंगरबार नै सम्पन्न गर्ने तयारी रहेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =