गगन भन्छन्- अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ [भिडिओसहित]

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माकाे राजीनामा मागेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बाेल्दै उनले अर्थमन्त्रीमाथि संसदभित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले अर्थमन्त्रीले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाउनु पर्ने जनाए । त्यस्तै, अर्थमन्त्रीमाथि तत्काल छानबिन गर्नुपर्ने उनकाे भनाइ थियाे । अर्थमन्त्रीलाई कारबाही नगरे गलत नजीर बस्ने उनले बताए ।

नेता थापाले भने, ‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाछि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ ।’

कानुनमा तीन महिना सीसीटिभी राख्ने प्रावधान रहेकाे भन्दै उनले कुरा उठिसकेपछि यतिक्कै गयाे भनेर नहुने बताए । ‘हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनिहाल्छ’, उनले भने, ‘त्यसमाथि पनि बजेट यो संसद्‍ले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहिँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन । यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =