प्रधानन्यायाधीशमाथिकाे महाभियोग छिट्टै अघि बढ्ने कानुनमन्त्रीकाे दाबी
२०७९ असार २० गते

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसद्मा छलफल हुने बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाअभियोगलाई छिटै संसद्मा छलफल चलाइने बताएका हुन् । उनले यस विषयमा कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसद्को चालू अधिवेशनमा नै छलफल हुने जिकिर गरे ।
प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन् ।
२०७९ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








