थप ४० जनामा कोरोना संक्रमण, ३४८ आइसोलेसनमा

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ४७ पिसिआर परीक्षणका क्रममा ३४ जना र १ हजार १ सय ६३ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै थप १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ३५ जना निको भएका छन् ।

हाल नेपालमा ३ सय ४८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =