देउवा-प्रचण्डप्रति ओलीकाे कटाक्ष- टाउकाकाे मूल्य ताेक्ने र टाउकामा बम हान्नेहरू मिलेर देश बर्बाद पार्ने ?

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले]का संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र]का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गरेका छन् । साेमबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘टाउकाकाे मूल्य ताेक्ने र टाउकामा बम हान्ने मिलेर देश बर्बाद पार्ने ?’

त्यसअघि उनले भनेका छन्, ‘हिजाे अनेक-अनेक भनेर, उक्साएर जनताका छाेराछाेरीलाई हिँडाउने अनि अहिलेचाहिँ उनीहरूकाे समस्यालाई बिर्सिने ? उनीहरू अझै पीडित छन् । शान्तिप्रक्रिया टुङ्ग्याउनु पर्दैन ? सङ्क्रमनकालीन मुद्दाहरू टुङ्ग्याउनु पर्दैन ? त्यसकाे व्यवस्थापन गर्नु पर्दैन ?’

उनले याे प्रसङ्गलाई ‘काले काले मिलेर खाउँ भाले’ भएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =