माओवादी केन्द्रीय कमिटी बैठक जारी, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै
२०७९ असार २० गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबार पनि जारी छ ।
काठमाडौँको प्रज्ञा भवनमा जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा साथै पार्टीको सांगठानिक विषयमा छलफल भइरहेको छ ।
त्यस्तै स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्ने बैठकका एजेन्डा रहेका छन् ।
यसअघि आइतबार सुरु भएको बैठकमा प्रदेशका अध्यक्ष तथा इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए ।
सो क्रममा उनीहरूले केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग गरेका थिए ।
केन्द्रीय कमिटी बैठक मङ्गलवार सम्पन्न हुने माओवादीले जनाएको छ ।
२०७९ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








