संसद्‌मा ओलीकाे टिप्पणी- देशका लागि गठबन्धन अभिशाप बन्याे

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] का संसदीय दलका नेता केपी शर्मा ओलीले वर्तमान पाँचदलीय गठबन्धन देशका लागि अभिशाप बनेकाे टिप्पणी गरेका छन् । साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा भाग लिँदै ओलीले यस्ताे बताएका हुन् । ‘गठबन्धनविशेषका स्वार्थहरूकाे फसल उठाउने देश हाे याे ?,’ ओलीले प्रश्न गरेका छन् ।

उनले त्यसअघि भने, ‘गठबन्धन अभिशाप बनेकाे छ । अर्थतन्त्रकाे हिसाबले अभिशाप बन्याे । राष्ट्रियताका हिसाबले अभिशाप बन्याे । किसानहरूले मल पाउँदैनन्, अभिशाप बन्याे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =