रुपन्देहीबाट हातहतियार सहित ३ जना भारतीय पक्राउ

काठमाडौँ । प्रहरीले रुपन्देहीबाट हातहतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको प्रहरीले जनाएकाे छ ।

उनीहरूकाे साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएकाे छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएकाे गस्ती टाेलीले पक्राउ गरेकाे हाे ।

उनीहरू सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागि प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निग्रानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *