अवरुद्ध दशरथचन्द राजमार्ग खुल्यो

काठमाडाैँ । पहिरोले अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको खोड्पे नजिक आरुबाटा भन्ने स्थानमा पहिरोका कारण आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले राजमार्ग सोमबार बिहान ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *