अर्थमन्त्रीमाथि अख्तियारले नीतिगत भ्रष्टाचार मुद्दा चलाउनुपर्छ : योगेश भट्टराई

काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थ मन्त्री जनार्दनलाई कारबाहीको माग गरेका छन् । मन्त्रालयको सिसिटिभी फुटेज मेटियो भन्नु कानुनको बाध्यकारी व्यवस्थाको बर्खिलाप भएको भन्दै उनले त्यसका मतियार र मन्त्री शर्मालाई कारबाही गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री शर्मामाथि नीतिगत भष्टाचारमा छानबिन गरी मुद्दा चलाउन माग गरे । ‘अर्थ मन्त्रालयले भनेछ जेष्ठ १४ गतेको सिसिटिभी फुटेज मेटियो । त्यसो हो भने अब सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्छ भन्ने कानुनको बाध्यकारी व्यवस्थाको बर्खिलाप गर्ने अर्थ मन्त्रालयका कर्मचारीमाथि राजश्वका दर हेरफेर गर्ने मतियारका रूपमा कारबाही हुनु पर्दछ,’  उनले भनेका छन्, ‘अनाधिकृत व्यक्तिहरूमार्फत अर्थमन्त्रीले सेटिङमा करका दर हेरफेर गरेको प्रमाणित भएको स्पष्ट हुन्छ । अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने कुराको थप पुष्टि भएको छ । अब अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनुपर्छ ।’

बजेटको अघिल्लो दिन मध्यरातमा अनाधिकृत व्यक्ति छिरेर करका दर फेरेको भन्दै अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयमाथि नै गम्भीर प्रश्न उठेको छ । आइतबार मात्रै अर्थ मन्त्रालयले सिसिटिभी फुटेज मेटिएको जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =