बजेट भाषणको अघिल्लो दिनकाे सीसीटीभी फुटेज मेटिएकाे अर्थ मन्त्रालयकाे दाबी

काठमाडौँ । अर्थ मन्त्रालयले उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक अन्तर्गत मागेकाे सूचना दिन सम्भव नभएकाे बताएकाे छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज दिन नसकिने बताएकाे हाे ।

अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका थिए ।

बजेट पेश गरेको केही दिनपछि जेठ १४ गते राति (बजेट पेश गरेको अघिल्लो दिन) मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश दिई केही कम्पनीको हितमा हुनेगरी राजस्वको दर तलमाथि गरेको खुलासा भएपछि उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज उपलब्ध गराइदन भन्दै पौडेलले असार १४ गते निवेदन दिएका थिए ।

निवेदनमा उनले २०७८ भदौ २४ गते बेलुका ११ बजेदेखि २०५८ भदौ २५ गते विहान ६ बजेसम्म र २०७८ जेठ १४ गते बेलुका ६ बजेदेखि २०७९ जेठ १५ गते विहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गरेका थिए ।

माग गरिएकाे सूचनकाे जवाफमा अर्थ मन्त्रालयले भनेकाे छ, ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात पहिलेको अभिलेख क्रमसः मेटिदै जाने भनी लेखि आएको हुँदा सोही व्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *