माओवादी बैठकमा उठ्यो गठबन्धन गर्न नहुने आवाज, चुनाव चिह्न बिर्सिने अवस्था आएको दुखेसो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा गठबन्धन गर्न नहुने आवाज उठेको छ ।

बैठकमा बाेल्दै उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धनका कारण चुनाव चिह्न बिर्सिने अवस्था आएकाे भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताए ।

स्थानीय चुनाव स्मरण गर्दै उनले भने, ‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो ।’

नेता सिंखडाले गठबन्धनबाट नेपाली कांग्रेसले धेरै फाइदा लिएको बताए । उनले भने, ‘कांग्रेससँगको गठबन्धनबारे गम्भीर रूपमा सोच्नुपर्छ । अहिले गठबन्धन हुँदैन भनेर जानुपर्छ । एकल रूपमा निर्वाचनको तयारी गर्नुपर्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *