अस्ट्रेलियाले गर्‍यो नेपाली विद्यार्थीलाई भिसामा कडाइ

काठमाडौँ । नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अस्ट्रेलिया हो । तर, यहाँको भिसामा भने कडाइ गरिएको छ । यसअघिसम्म निवेदन दिएका विद्यार्थीमध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए भने अहिले १० प्रतिशतमात्र पाउने गरेका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेकाअनुसार नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुनेक्रम बढेको हो । अहिले दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको उनको भनाई छ ।

लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।

अस्ट्रेलियाले भित्र्याउने विदेशी विद्यार्थीमध्ये नेपालबाट ३० प्रतिशत आपूर्ति गर्दै आएको छ । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने वैदेशिक मुलुकमा नेपाल तेस्रो नम्बरमा पर्छ । पहिलो र दोस्रो नम्बरमा क्रमशः भारत र चीन पर्छ ।

गत साउनदेखि यही असारको पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलिया जानका लागि नो अब्जेक्सन लेटर लिएका छन् । अब भने भिसामा कडाइ गरेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *