जीपी कोइराला विश्व विद्यालय स्थापनार्थ सहयोग गर्न सरकार तयार: मन्त्री बडू

काठमाडौँ । आज शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् ।

कोइरालाको ९९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो धारणा व्यक्त गरेका हुन् । नेता कोइरालाको प्रधानमन्त्रीकालमा नै नेपालमा पहिलो विश्व विद्यालयका रूपमा काठमाडौँ विश्व विद्यालयको स्थापना भएको भन्दै मन्त्री बडूले नेता कोइरालाको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा मन्त्री बडूले जीपी कोइराला विश्व विद्यालय स्थापनार्थ सहयोग गर्न सरकार तयार रहेको उद्‌घोष गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *